Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अन्तर्राष्ट्रिय मान्यतामा कुनै फेरबदल भएको छैन : नेपाल रेडक्रस

    अन्तर्राष्ट्रिय मान्यतामा कुनै फेरबदल भएको छैन : नेपाल रेडक्रस

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 591
    SHARES

    काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता र अन्तर्राष्ट्रिय मान्यताका सम्बन्धमा थप कुनै निर्णय र फेरबदल नभएको स्पष्ट पारेको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै नेपाल रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता ६० वर्षअघि नै प्राप्त गरेको र आजसम्म त्यसमा कुनै परिवर्तन नभएको जनाएको हो ।



    नेपाल रेडक्रस रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्य नेपाल रेडक्रस सोसाइटी रहेको र नेपालको कानुनअनुसार दर्ता भई मानवीय सेवामा देशभर संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ ।



    सोसाइटीले लेखापरीक्षण, वार्षिक साधारण सभा, समाजकल्याण परिषद्को आबद्धता नवीकरण, वैदेशिक सहायताको स्वीकृति, स्थानीय तहको सिफारिस र संस्था नवीकरणको लागि पूरा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी संस्था दर्ता नवीकरण भइसकेको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

    लामो समयको रस्साकस्सीपछि गत साउन २ गते प्राध्यापक सुदर्शनप्रसाद नेपालको नेतृत्वमा नेपाल रेडक्रसको केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार