Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनप्रति महेशको कटाक्ष : धरहरालाई सेतो घर भनेर उडाउँथे, धन्न एमाले छर दोकान चल्यो

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति कटाक्ष गरेका छन् ।

सोमबार राति सामाजिक सञ्जालमार्फत नेता बस्नेतले धरहरालाई सेतो घर भनेर उडाउँथे बालेन जी भन्दै कटाक्ष गरेका हुन् ।

उनले एमाले छ र सबैको दोकान चलेकोसमेत टिप्पणी गरे ।

उनले लेखेका छन्, 'ओली सरकारले बनाएको धरहरालाई इतिहास मै मेटाउने उदेश्यले सेतो घर भनेर उडाउथे बालेन जी । आज त्यहीँ धरहराको पार्किङ्ग प्रयोग गर्न बाध्य भएका छन् ।

बल मिचेर प्रक्रिया नपुगेको बारे सरकारले प्रश्न गर्दा, एमाले तिरै जवाफ तेर्साएछन् । धन्न एमाले छ र सबैको दोकान चलेको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077