Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने तयारी

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी भएको छ ।

सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै निर्वाचन गर्ने राष्ट्रिय सभाले सम्भावित कार्यसूची तयार पारेको हो ।

छलफलपछि कार्यव्यवस्था तथा परामर्श समितिले निकालेको सम्भावित कार्यसूचीमा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने उल्लेख छ।

संभावित कार्यसूचीअनुसार फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय तोकिनेछ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिदैछ।

राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भइसकेको छ। नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेपछि राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र पहिलो,नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेकपा एस चौथो दल छन्।

राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला प्रमुख दावेदार छन्। यद्यपि नेकपा माओवादी केन्द्रले पनि अध्यक्ष पदामा आफ्नो तर्फबाट उम्मेदवार बनाउनुपर्ने तर्क गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077