काठमाडौं । सत्ता साझेदार दल जनमत पार्टीको सचिवालय बैठक सुरु भएको छ।
समसामयिक राजनीतिबारे छलफल गर्न केन्द्रीय कार्यालय मध्य नयाँबानेश्वरमा बैठक सुरु भएको हो ।
बैठकमा सरकारको समीक्षा भइरहेको छ। सीके राउत नेतृत्वको जनमत पार्टी एक मन्त्रालयसहित केन्द्र सरकारमा सहभागी छ ।
यसअघि मधेश प्रदेश सरकार पनि रहेको जनमत पार्टीले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएको थियो ।
गठबन्धनमा रहँदै सरकारमा पनि सहभागी भएको जनमत पार्टी सरकारविरुद्धकै गतिविधिमा संलग्न हुने गरेको छ ।
Leave a Reply