Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आम नागरिकमा निराशा छायो, पार्टीप्रति वितृष्णा बढ्यो : गगन थापा

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आम नागरिकमा निराशा छाएको बताएका छन् ।

रौतहटको दुर्गा भगवती गाउँपालिका-१ गंगापिपरामा शुक्रबार आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

उनले जनतामा बढ्दै गएको निराशालाई चिर्न ग्रासरुटमा बसोबास गर्ने आम नागरिकको समस्या बुझेर समाधानको प्रयासमा कांग्रेसले समुदायमा जाने अभियान संचालन गरेको बताए ।

‘आम नागरिकमा निराशा छाएको छ, पार्टीप्रति वितृष्णा बढ्दैछ,’ उनले भने, ‘यस्तो अवस्थामा नेपाली कांग्रेस जनताको समस्या र दुःख बुझ्न समुदायमा जाने अभियानमा लागेको छ ।’

जनताका वास्तविक समस्याहरु के के छन् त्यही बुझ्न कांग्रेस समुदायमा जान मेचीदेखि महाकाली यात्रा प्रारम्भ गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077