Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दरबारमार्गको क्यासिनो प्यालेसबाट झन्डै १ करोडसहित ९ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमध्ये ३ जना भारतीय र ६ जना नेपाली छन् । आरोपीहरूको साथबाट करिब १ करोड बरामद गरेर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

बरामद रकममध्ये धेरै विदेशी मुद्रा रहेको बताइएको छ । उनीहरू अनलाइन जुवा खुलाउन संलग्न रहेको बताएपनि प्रहरीले थप खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077