Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोटसहित दुईजना पक्राउ, लागुऔषधसमेत बरामद

सर्लाही । प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको विशेष टोलीलीले उनीहरूलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत कडरियाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटका ३६ वर्षीय संजय सहनी र सर्लाहीका २३ वर्षीय अमरेन्द्र महरा छन् ।

राजमार्गमा चेकजाँचका क्रममा उनीहरूको साथबाट नक्कली नोट फेला परेको थियो ।

उनीहरुको साथबाट नक्कली नोटजस्तो देखिने एक हजारको १७२ थान फेला परेको छ ।

उनीहरूको साथमा ७६० रुपैयाँ सक्कली नोट र ८१० मिलिग्राम लागुऔषधसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077