Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अत्यधिक हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुमपूर्वदेखि बागलुङ खण्ड अवरुद्ध भएको छ ।

गएराति देखि परिरहेको हिमपातका कारण भुमे गाउँपालिका–१ लुकुमदेखि माथि बागलुङको सिमानास्थल पाथीहाल्नेसम्म सडक अवरुद्ध भएको हो ।

रुकुमपूर्व पश्चिमबाट काठमाडौं र पोखरातर्फ आवतजावत गर्ने सवारी साधनहरु यो मार्ग हुँदै आवतजावत गर्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

अहिले पनि हिउँ परिरहेकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077