Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यवसायी अरूण चौधरीलाई सरकारी वकिल कार्यालय पुर्‍याइयो

काठमाडौं । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले सरकारी वकिल कार्यालय लगेको हो ।

चौधरीसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।

महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हाल सिजी चाँदबाग रेसिडेन्सी नाममा छ र उक्त जग्गामा चाँदबाग स्कुल सञ्चालन भइरहेको छ ।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना भएको भन्दै काठमाडौं महानगरपालिकाको ३ नम्बर वडा कार्यालय, तत्कालिन वडाध्यक्ष र ४८ जना स्थानीय बासिन्दाले प्रहरीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077