Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी जग्गा कब्जा गरेको प्रकरणमा विनोद चौधरीका भाइ पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद एवं उद्योगपति  विनोद चौधरीका भाइ अरुण चौधरीलाई पक्राउ गरेको छ ।

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा सीआईबीले अरुणलाई पक्राउ गरेको हो।

सीआईबीले अरुणलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पुर्‍याइसकेको स्रोतले बतायो ।

सीआईबीको टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ।

अरुण सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077