Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तरी गोरखामा भारी हिमपात, करिब डेढ फिट हिउँ जम्यो !

गोरखा । उत्तरी गोरखाको अधिकांश ठाउँमा भारी हिमपात भएको छ ।

बुधबारदेखि सामान्य हिउँ पर्न थालेको र गए रातिदेखि भारी हिमपात भएको हो । बिहीबार बिहानसम्म करिब डेढ फिट हिउँ परेको बताइएको छ ।

यो हिमपात यो वर्षको अहिलेसम्मको ठूलो हिमपात हो।

राम्ररी हिउँ परेपछि बारीका खेतीबाली र लेकका यार्सागुम्बा लगायतका जडिबुटी फस्टाउने भएकाले स्थानीयबासी खुशी भएका छन् ।

उत्तरी गोरखाको ल्हो, स्याला, छेकम्पार लगायतका ठाउँहरुमा पनि हिमपात भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077