Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माछाभित्र ब्राउन सुगर हालेर साथि भेट्न कारागार पुगे विजय

बर्दिया । प्रहरीले काँचो माछाभित्र ब्राउन सुगर हालेर कैदी भेट्न जाने युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका – २ संगमबस्तीका २२ वर्षीय विजय तिरूवा रहेका छन् ।

बर्दिया जिल्ला कारागारमा कैदीलाई भेट्ने बहानामा उनले काँचो माछाभित्र प्रतिबन्धित लागुऔषध ब्राउन सुगर लुकाएर लैजान खोजेका थिए ।

विजयले काँचो माछाभित्र ५२० मिलीग्राम ब्राउन सुगर लुकाएका थिए ।

उनले जेलमा रहेका साथीको आग्रहमा माछाभित्र ब्राउन सुगर राखेर पुर्‍याउन गएको प्रहरी समक्ष बयान दिएका छन् । उनीमाथि बर्दिया प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077