Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद सुमनाले प्रधानमन्त्री प्रचण्डलाई भनिन् - त्रिवि उपकुलपति छनोटको कार्यविधि अस्पष्ट छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटसम्बन्धी कार्यविधि पुनरावलोकन गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य समेत रहेकी श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई सिंहदरबारमा भेट्दै पाँचबुँदे पत्र पनि बुझाएकी हुन् ।

सांसद श्रेष्ठले पुस २३ गते उपकुलपतिमा दाबी पेश गर्न सरकारी कार्यदलले गरेको आह्वान अस्पष्ट, अपूर्ण र समस्याग्रस्त रहेको जिकिर गरिन् ।

आफू कार्यविधिमा खोट देखाउनमात्रै उपस्थित नभएको भन्दै उनले समाधानका उपाय पनि सुझाएकी छन्

। सांसद श्रेष्ठले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आवेदन दिएका उम्मेदवारमा उत्तरपुस्तिका नष्ट भएका आरोपित व्यक्तिदेखि बौद्धिक चोरीको आरोप लागेका व्यक्तिसमेत छन्, कार्यविधिमा कमजोरी रहेकैले उनीहरुले फेरि आवेदन दिन सके ।’

सांसद श्रेष्ठले हाभर्ड विश्वविद्यालयमा बौद्धिक चोरी आरोप लागेपछि राजीनामा दिएकी क्लाउडिन गे, युनिभर्सिटी अफ् नर्थ क्यारोलाइनाकी भिसी टेरी माग्नुसन लगायतको दृष्टान्त दिँदै आवेदक तीर्थ खनियाँको नाम सूचीमा राखिएकोमा आपत्ति जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077