Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तस्करीको लाइन खोल्दा सिराहाका सिडिओ र एसपी हटाइए

काठमाडौं । कार्यसम्पादनमा कमजोर देखिएको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई हटाएको छ ।

सिडिओ राजेन्द्रदेव पाण्डे र टेकुनन्द लिम्बुलाई गृहले सोमबार हटाएको हो । नयाँ सिडिओ र एसपी खटाइएको छैन ।

कार्यसम्पादनमा कमजोर देखिएकाले दुवैलाई हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

एसपी लिम्बुलाई ६ महिनाअघि नै गृह मन्त्रालयले हटाउन खोजेकोमा एआइजी टेकप्रसाद राईले रोक्दै आएका थिए ।

दुवैले तस्करीको लाइन खोलेकोदेखि मिटरब्याजीलाई जोगाएको उजुरी गृह मन्त्रालयमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077