Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - ठूला नेताहरुको गुटमा लाग्दा थाङ्नामा सुताइदिन्छन्

सप्तरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभाको उम्मेदवार चयनमा आफूले फरक मत राखेर ठीक गरेको बताएका छन् ।

सप्तरीमा समुदायमा का‌ग्रेस अभियानको क्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘राष्ट्रियसभाको निर्वाचनमा पार्टीको महामन्त्री जस्तो जिम्मेवार पदमा रहँदा पनि केही विषयहरु उठाएर मैले फरक मत लेखेको कुरा ठीक लेखेछु भन्ने लागेको छ । अब यहाँबाट गइसकेपछि मैले सभापति र अरु नेता साथीहरुलाई काठमाडौंमा तपाईंहरुलाई लागेको जस्तो होइन रहेछ है, म मधेश घुमेर आउँदा जबरजस्त माग र गुनासो रहेछ। पार्टीले काम गर्ने विषयलाई मैले जोडदार ढंगले राख्नुपर्छ । राख्नेमात्रै होइन गराउने पनि हो ।’

महामन्त्री थापाले पार्टीको निर्णयबाट सिंगो देशको प्रतिनिधित्व गर्छौं भनेर कांग्रेसले देखाउनुपर्ने बताए ।

काठमाडौंमा ठूला नेताहरुको गुटमा लागेर केही काम नभएको महामन्त्री थापाले बताए ।

सबैले आफ्नो घर वरिपरि घुमाएर तपाईंलाई थाङ्नामा सुताइदिने महामन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077