कैलाली । सशस्त्र प्रहरी बल नेपालको १७औँ स्थापना दिवस सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वाटर कैलालीले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
२०६४ सालमा कैलाली जिल्लाको कमाण्ड सम्हाल्ने गरि सरकारले स्थापना गरेको सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वाटरले शनिबार विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
दिवसको अवसरमा सशस्त्र प्रहरीले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेता तथा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।
साथै ३४ गण हेडक्वाटर कैलालीले कार्यसम्पादनमा उत्कृष्ट भएका डीएसपी ठकुल्लासहितका १४ जनालाई सम्मान गरेको छ । सम्मान पाउनेमा प्रस्तावित सीमा सुरक्षा गुल्म खक्रौलाका प्रमुख प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश शर्मा, बीओपी जुगेडाका सशस्त्र प्रहरी निरीक्षक रमेश पाठक लगायतका रहेका छन् ।
उनीहरुलाई बैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कदरपत्र र दोसल्लासहित सम्मान गरेका थिए । साथै कार्यक्रममा सुदूरपश्चिमका मौलिक संस्कृति झल्किने सांस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।
Leave a Reply