Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हत्यामा संलग्न रहेको आरोपमा चारजना पक्राउ

म्याग्दी । प्रहरीले सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ । घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले आज सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न धवलागिरि गाउँपालिका–४ का अमृत पुर्जा, शंकर घर्ती, रघुगंगा–७ का १९ वर्षीय उत्सव पुन र मंगला गाउँपालिका–२ का २३ वर्षीय जीवन जिसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज्यानसम्बन्धी कसुर/मुद्दा शीर्षकअन्तर्गत जिल्ला अदालतबाट बिहीबारदेखि पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्यूरोडमा चक्कु प्रहार गरी हत्या गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077