Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूँइमा बसेका जनताहरूलाई माथि उठाउनु कांग्रेसको धर्म हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको हित जनताका लागि हुनुपर्ने बताएका छन् ।

शुक्रवार ७८ औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले भूँइमा बसेका जनताहरूलाई माथि उठाउनु कांग्रेसको धर्म रहेको बताए ।

'जसरी पानीको धर्म छ। आगोको धर्म छ। रुखको धर्म छ। सूर्यको धर्म ताप दिनु हो। पानीको धर्म चिसो बनाउनु हो। त्यसरी नै कांग्रेसको धर्म यो देशको हित गर्नु हो। भूँइमा बसेका यो देशका जनतालाई माथि उठाउनु हो,' महामन्त्री थापाले भने ।

उनले सहिद दिवसका दिन कांग्रेस नेता कार्यकर्तालाई आफ्नो वडामा पुग्न उर्दीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077