Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख हमालमाथि प्रहरीले गर्‍यो हातपात

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि हातपात गरेको छ ।

शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन्।  स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका थिए ।

काम सकेर फर्कने क्रममा अराइभलतर्फ रहेका प्रहरी कर्मचारीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले कुटपिट गरेको बताईएको छ ।

भन्सार अधिकृत छायालाल मोक्तानमाथि प्रहरीले हातपात गरेको भन्दै विमानस्थल अध्यागमन कार्यालय प्रमुख हमाललाई जानकारी गराइएको थियो। लगत्तै उनी त्यहाँ पुगेका थिए।

हमाल पुगेपछि अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको सिसीटिभी फुटेज हेरिएको थियो। उक्त फुटेजमा अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको देखिएको थियो।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हमालले प्रहरी कर्मचारीले पछाडिबाट आफूमाथि समेत लात्ती प्रहार गरेका बताए ।

यसबारे विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द समेतको उपस्थितिमा छलफल भइरहेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077