Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

७५औँ गणतन्त्र दिवस मनाउँदै भारत, प्रमुख अतिथि म्याक्रोन

एजेन्सी । भारतले आज ७५औँ गणतन्त्र दिवस मनाउँदै छ ।

संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रूपमा मनाइने गरिन्छ । हरेक वर्ष २६ जनवरीका दिन यो दिवस मनाइन्छ।

सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो ।

ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूतावास भएका देशमा यो दिवस मनाउने गरिएको छ ।

७५औँ गणतन्त्र दिवसको अवसरमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन प्रमुख अतिथि हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077