Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्याग्दीमा ग्याङफाइट हुँदा शुशिलको मृत्यु, दुई घाइते

म्याग्दी । म्याग्दीको बेनीमा युवाहरुबीच ग्याङफाइट भएको छ । सो ग्याङफाइटमा बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको छ भने दुईजना घाइते छन् ।

एक्कासी झगडा हुँदा खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए । उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका म्याग्दी प्रहरीले जनाएको छ ।

गर्वुजाको टाउको र छात्तिमा चोट लागेको थियो । दुईजना घाइतेको बेनीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई ८-१० जनाको समूहले चक्कु प्रहार गरेका बताइएको छ । घटनामा संलग्नहरुको खोजी र घटनाको थप अनुसन्धान भइरहेको म्याग्दी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077