Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पक्राउ, यस्तो छ अन्तर्य

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ परेका छन् ।

माओवादीका पूर्वब्रिगेड कमान्डरसमेत रहेका उनी केही दिनअघि काठमाडौंबाट पक्राउ परेको खुलेको हो । उनी हाल डिल्लीबजार कारागारमा छन् ।

रुकुम पूर्वको भुमे गाउँपालिका-१ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो ।

सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । सोही मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077