Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रको पनि नयाँ ऐन आउँदै, उच्च पदाधिकारीको पदावधि घट्ने

काठमाडौं । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलको पनि नयाँ ऐन आउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ ऐन बनाउन सैद्धान्तिक सहमति दिएको छ ।

सशस्त्र प्रहरीले यसअघि नै आन्तरिक रुपमा छलफल गरी ऐनको मस्यौदा तयार गरिसकेको स्रोत बताउँछ । जसमा उच्च पदको पदावधि घटाउने विषय छ ।

हाल आइजिपीको चार वर्ष रहेकोमा तीन वर्ष बनाउने प्रस्ताव गरिएको छ ।

एआइजी र डिआइजीकोको पाँच वर्षसम्म हुनेमा तीन वर्षको प्रस्ताव गरिएको छ । बढुवाको जाम खुलाउन भन्दै यस्तो प्रस्ताव गरिएको छ ।

यसले सशस्त्रको भावी नेतृत्व चयनमा ठूलो हलचल ल्याउने भएकाले यो विषयमा संगठनभित्र दुई थरी धार छ ।

त्यस्तै, बढुवा समितिको नम्बर हटाउने, असइमा भर्ना नलिने लगायतका विषय सशस्त्र प्रहरीको नयाँ ऐनको मस्यौदामा उल्लेख छ ।

नेपाल प्रहरीको पनि नयाँ ऐनको मस्यौदा गृह मन्त्रालयले तयार गरिसकेको छ ।

प्रहरीमा पनि ३० वर्षे सेवाहद हटाउने, उच्च पदाधिकारीको पदावधि घटाउने लगायतका विषय छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077