Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे २२ माघमा संसद बैठक आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघको दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् ।

माघ २२ गते ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी दुवै सदनको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077