विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन थापाले राजसंस्थाको मुद्दा नेकपा एमालेले राष्ट्रियसभामा प्रवेश गराउन खोजेको आरोप लगाएका छन् ।
विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् । महामन्त्री थापाले राष्ट्रियसभा चुनावमा राप्रपासँग गरेको तालमेललाई लिएर एमालेमाथि प्रश्न गरे ।
महामन्त्री थापाले एमालेलाई प्रश्न गरे, ‘एमाले राप्रपा उम्मेदवार जितोस भन्ने चाहान्छ । एमालेले क राजसंस्था पुनस्थापित गर्छु भन्ने व्यक्तिलाई निर्वाचित गराएर त्यो आन्दोलनलाई राष्ट्रिय सभामा प्रवेश गराउन चाहेको हो ।’
राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा एमालेले राप्रपासँग तालमेल गरेको छ । उनले निर्वाचन परिणामबारे आशंका नरहेको बताए ।
तर चुनावी परिणाम जे आएपनि राप्रपासँग गरेको तालमेललाई लिएर एमालेले जवाफ दिनुपर्ने बताए ।
परिणाम सत्ता गठबन्धनको पक्षमा आउने दाबी गरेका उनले नैतिक कसीमा चुकेको बताए । एमालेलाई राजनीतिक प्रश्न रहिरहने महामन्त्री थापाले बताए ।
Leave a Reply