Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्किङ निषेधको विरोधमा न्यूरोडका व्यवसायी आज पनि आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यापारीहरु विरोधमा उत्रिएका छन्।

न्यूरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू पसल बन्द गरेर आज पनि विरोधमा उत्रिएका हुन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा हिजोदेखि महानगरले पार्किङ निषेध गरेको छ ।

स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर उनीहरूले आन्दोलन गरेका हुन् ।

महानगरले न्युरोड क्षेत्रका लागि काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077