Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बंगलादेश गएर छात्रवृत्तिमा एमबीबीएस र बीडीएस पढ्ने अवसर

काठमाडौं । बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा डाक्टर विषय पढ्नका लागि आवेदन आह्वान गरिएको छ ।

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूका आवेदन मागेको हो ।

छात्रवृत्तिमा अध्ययन गर्न योग्यता पुगेका इच्छुक नेपालीले पर्सि १२ गते दिउँसो ३ बजेभित्र आफ्नो प्रोफाइलमार्फत अनलाइन आवेदन पेस गर्न आव्हान गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारको लागि शैक्षिक सत्र २०२३र२४ मा स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट प्राप्त भएको र त्यस लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077