Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका आईजीपी अर्याल भन्छन् - सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बीओपी आवश्यक

काठमाडौं । सशस्त्र प्रहरी बलका नेपालका महानिरीक्षक राजु अर्यालले थप बोर्डर आउट पोस्ट (बीओपी)हरू आवश्यक रहेको बताएका छन् ।

मंगलबार २३औँ सशस्त्र प्रहरी दिवसका अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन बीओपीहरू आवश्यक रहेको बताएका हुन् ।

उनले सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट पोस्टको स्थापना गरी कार्य सञ्चालन गरिरहेको बताए ।

राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो नहुने भन्दै उनले सीमा क्षेत्रका नागरिकको मन र विश्वास जितेर परिचालित हुन सके मात्रै प्रभावकारी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077