Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपरान्ह ४ बजे संसद अधिवेशन आव्हानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077