Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सशस्त्र प्रहरी बल नेपालद्धारा देशभरका इकाईहरुमा रक्तदान

    सशस्त्र प्रहरी बल नेपालद्धारा देशभरका इकाईहरुमा रक्तदान

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 672
    SHARES

    काठमाडौँ । ‘२३ औँ सशस्त्र प्रहरी दिवस २०८०’ को पूर्वसन्ध्यामा देशभरका सशस्त्र प्रहरी बल नेपालका इकाईहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

    नेपाल एपीएफ अस्पताल बलम्बुको आयोजनामा सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय तथा बाहिनी मुख्यालयहरू र मातहत इकाईहरूमा गरी कुल एक हजार ४७ जनाले रक्तदान गरेका छन् ।



    प्रधान कार्यालय अन्तर्गत १ सय १५ जना सशस्त्र प्रहरी कर्मचारीहरूले रक्तदान गरेका छन् भने नं. १ बराह बाहिनी मुख्यालय सुनसरी तथा मातहतहरूबाट १ सय २० जना, नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहत इकाईहरूबाट २ सय ४५ जना, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर तथा मातहत इकाईहरूबाट १ सय ९८ जनाले रक्तदान गरेका छन् ।



    त्यस्तै नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की तथा मातहत इकाईहरुबाट ७० जना, नंं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही तथा मातहत इकाईहरूबाट १ सय ३१ जना, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत तथा मातहत इकाईहरूबाट ३१ जना, नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली तथा मातहत इकाईहरूबाट १ सय ११ जना र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ तथा मातहत इकाईहरूबाट २६ जनाले रक्तदान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार