Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारी घोटाला प्रकरण : जीबी राईमाथि अनुसन्धान गर्दै सीआईबी

काठमाडौं। ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन थालेको छ ।

सीआइबीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र राईविरुद्ध अनुसन्धान अघि बढाएको हो। उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाएर थप अनुसन्धान सुरु गरिएको सीआईबी स्रोतले बतायो ।

टीभी चलाउन सूर्यदर्शन सहकारीबाट १० करोड बढी, साहरा चितवन सहकारीबाट ११ करोड भन्दा बढी र बुटवलको सुप्रिम सहकारीबाट १० करोडभन्दा बढी रकम लगिएको अनुसन्धानबाट खुलेको छ ।

जिबी राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड भन्दा बढी हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो ।

सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति लामिछानेले पनि बिना धितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077