Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दशगजामा ३८ स्थानका ५५६ घर टहरा हटाइएको छ : सशस्त्र प्रहरी

काठमाडौं । सशस्त्र प्रहरीले नेपाल-भारत सिमाना दशगजा क्षेत्रमा ३८ स्थानका ५५६ घर टहरा हटाएको छ।

सशस्त्र प्रहरी बल र भारतीय एसएसबीले सीमा क्षेत्र खाली हुनुपर्नेमा त्यहाँ अतिक्रमण गरी बनाइएका घर टहरा हटाएको हो।

दुई तीन वर्ष अघिदेखि नै दशगजा खाली गराउन थालिएको सशस्त्र प्रहरीका सूचना अधिकारी एसपी राजेन्द्र बस्नेतले बताए ।

अहिलेसम्म १८ किलोमिटर खाली भएको छ। मानिसहरूले बीच-बीचमा घर टहरा हरू बनाएर बसेका छन्।

केही स्थानमा हटाउ समेत समस्या रहेको एसपी बस्नेतले बताए। अहिले त्यस क्षेत्रमा बन्दै गरेका भौतिक संरचनासमेत नबनाउन भनिएको छ।

त्यस्तै दशगजामै पर्ने १३ बिगाहा जमिनमा खेतीपातिमा रोक लगाइएको छ ।त्यस क्रममा एक सय ६१ स्थानमा करिब एक सय ७३ किमी दशगजा क्षेत्र सरसफाइ गरिएको छ।

दुवै देशको सीमालाई व्यवस्थित गर्न सीमा स्तम्भ निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड बनाएर हालसम्म एक हजार आठ सयभन्दा बिजोर सीमा स्तम्भको मर्मत गरिएको पनि बलले जनाएको छ ।

जोर अंकको सीमा स्तम्भ निर्माण कार्य भने भारतीय पक्षबाट हुँदै आएको छ । हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालका दुई सय ५३ पोष्ट खडा गरिएको छ । नेपाल र भारतबीच एक हजार आठ सय ८० किमी लामो सीमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077