Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्तमान सरकार र गठबन्धबाट धेरै अपेक्षा छैन् : सीके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष सीके राउतले देशलाई शीर्ष नेताहरुले नै बन्धक बनाएको आरोप लगाएका छन् ।

सप्तरीको राजविराजमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले देशलाई पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली र माधव नेपालले बन्धक बनाएको आरोप लगाएका हुन् ।

संसद्मा स्वतन्त्र रुपमा बोल्ने अधिकारसमेत जननिर्वाचित सासंदलाई नरहेको बताउँदै उनले संसद हुन्छ वा हुन्नमा मात्र सीमित रहेको बताए ।

अदालतदेखि अख्तियार लगायतका संवैधानिक निकाय पनि त्यही चार नेताको सेरोफेरोअनुसार चल्ने गरेको राउतको आरोप छ ।

अध्यक्ष राउतले भने, ‘मन्त्रिपरिषद् पनि प्रधानमन्त्री र मुख्यसचिवको चुदुरबुदुरमा चल्छ । यो सरकार र गठबन्धबाट धेरै अपेक्षा छैन अब सडकमै आउनुपर्ने अवस्था सिर्जना भएको छ ।हाम्रो पार्टीबाट मन्त्री बनेकाहरूलाई राजीनामा लेखेर राख्न निर्देशन दिइसकेको छु, जतिबेला माग्छन् दिइहाल्नुहुन्छ।’

सरकारमा रहनु पनि एउटा अधिकार भएको बताउँदै राउतले सरकारबाट आफूहरूलाई हटाए पनि मञ्जुर हुने बताए ।

संसद, सरकार र व्यवस्था सञ्चालनबारे तीव्र असन्तुष्टि व्यक्त गरेका राउतले शासन व्यवस्था उत्कृष्ट रहेपनि यसको सञ्चालन चारजना नेतामा मात्र सीमित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077