Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा केसी नियुक्त

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगको रिक्त महिला सदस्यमा कपिलवस्तुकी गीता केसी नियुक्त भएकी छिन्।

शुक्रवार बसेको मन्त्रीपरिषद्‌ बैठकले केसीलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

केसी नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ । उपाध्यक्षसहित चार सदस्यीय रहेको योजना आयोगमा उपाध्यक्षमा डा.नहकुल केसी र अन्य दुई सदस्य यस अघिनै नियुक्त भइसकेका छन् ।

बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो शंसोधन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077