Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरमै मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी गोसाई

काठमाडौं । सशस्त्र प्रहरी बलकी सिपाही एवं बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्।

२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।

गोसाई मृत फेला परेपछि जिल्ला प्रहरी परिसर भक्तपुरले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।

नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन्। नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077