Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गौशाला २६ को तस्बिर 'सार्वजनिक गर्ने' राईलाई सात दिन थुनामा राख्न अनुमति

काठमाडौं । गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका युवालाई सात दिन थुनामा राखिने भएको छ ।

सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि गौशाला २६ को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा पक्राउ परेका संखुवासभाका ३२ वर्षीय केशरमान राईलाई जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राख्न अनुमति दिएको हो ।

उनीमाथि अनुसन्धान गर्न प्रहरीको साइबर ब्युरोले अदालतबाट सात दिनको अनुमति पाएको छ ।

ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्बिर सार्वजनिक गरी दुःख, हैरानी तथा मानसिक आघात पुर्‍याएकाले कानुनी कारबाही गर्न माग गर्दै पीडित युवतीले ब्युरोमा निवेदन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077