Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा.मल्ल

काठमाडौं । सरकारले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा.रवि मल्ललाई नियुक्त गरेको छ।

बु्धबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले मल्ललाई गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गत पुस ११ गते मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए।

यसैगरी मन्त्रिपरिषद बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077