Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सरकारको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममै जनमतको विरोध प्रदर्शन

    सरकारको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममै जनमतको विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 678
    SHARES

    जनकपुरधाम। मधेश सरकारद्वारा आयोजित‘मधेश स्वाभिमान दिवस कार्यक्रममै जनमत पार्टीका नेता कार्यकर्ताहरु विरोध गरेका छन्।

    मधेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा सत्ता गठबन्धनकै एक घटक जनमतले विरोध प्रदर्शन गरेको हो ।



    जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मधेश सरकारले स्वाभिमान दिवस तथा एक वर्षे कार्य विवरण सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो ।



    उपलब्धि सार्वजनिक नगरिरहँदा सत्ता गठबन्धनकै जनमत पार्टीका नेताहरुले भने विरोध प्रदर्शन गरे । उनीहरुले ‘साइकल चोरलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

    मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल खरिद, मुख्यमन्त्री स्वच्छता अभियान, जानकी मन्दिरको सौन्दर्यीकरण लगायतका भ्रष्टाचार काण्डहरुको छानविन हुनुपर्ने जनमत पार्टीका नेता कार्यकर्ताहरु माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार