Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चेक रिपब्लिक पठाउने भन्दै एक लाख ८० हजार ठगी, विकास पक्राउ

काठमाडौं । प्रहरीले चेक रिपब्लिक पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–११ का ३९ वर्षीय विकास राई रहेका छन् ।

उनले दिवान गिरीसहितलाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाउने आश्वासन दिएर प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्ने बताएका थिए ।

प्रहरीका अनुसार राईले चेक रिपब्लिक पुगेपछि प्ततिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख ८० हजार तलब हुने बताएका थिए । त्यसका लागि उनले पीडितहरूबाट पटकपटक गरी जम्मा एक लाख ८० हजार रुपैयाँ उठाएका थिए ।

उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077