Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इनारमा खसेकी महिलाको सकुशल उद्धार

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ ।

लुगा सुकाउने क्रममा २८ वर्षीय नूतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा प्रधानलाई इनारबाट निकालिएको हो ।

प्रधानलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ । महिलाको शरीरमा सामान्य घाउ चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077