Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • विश्वका घुम्नै पर्ने एक नम्बरमा काठमाडौं

    विश्वका घुम्नै पर्ने एक नम्बरमा काठमाडौं

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विश्व पर्यटकका लागि घुम्नै पर्ने गन्तव्यको पहिलो स्थानमा परेको छ । ट्रिप एडभाइजरले ‘उत्कृष्ट प्राकृतिक गन्तव्य’ को पहिलो नम्बरमा हालै काठमाडौंलाई घोषणा गरेको हो ।

    ट्रिप एडभाइजर विश्वको सबैभन्दा ठूलो ट्राभल गाइडेन्स प्लेटफर्म हो । जहाँ १ अर्बभन्दा बढी समीक्षक र ८० लाखभन्दा बढी व्यवसायीहरूको सुझाव संकलन हुन्छ ।



    ट्रिप एड्भाइजरको साइट प्रयोग गरी विश्वका पर्यटकले कहाँ जाने, कहाँ बस्ने, के गर्ने, कहाँ खाने भनेर पत्ता लगाउने गर्छन्। यसले विश्वका पर्यटकलाई घुम्न जान मार्गदर्शनको काम पनि गर्छ ।



    एडभाइजरले सन् २०२४ का लागि सात वर्गमा उत्कृष्ट गन्तव्य घोषणा गरेको छ। जसमा खाना गन्तव्य, उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, संस्कृतिक गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य छन्।

    उत्कृष्ट गन्तव्यमा पनि नेपाल २४ नम्बरमा परेको छ। न्युयोर्क टाइम्सको २०२४ मा घुम्नै पर्ने सूचीमा नेपालको मुस्ताङ पनि परेको छ । अन्नपूर्ण पोष्टबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार