Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी केसीले गरे पदभार ग्रहण

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ‍प्रहरी नायव महानिरीक्षक (डिआईजी) रविन्द्र केसीले पदभार ग्रहण गरेका छन् । हालै सरुवा भएर आएका डिआईजी केसीले आइतबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक केसीले सुदूरपश्चिम प्रदेशको बस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिएका थिए ।

त्यस पश्चात उनले कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र ब्यबहारमा सुधार गर्न निर्देशन दिए ।

यस्तै उनले आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिए ।

आजै कार्यालयमा हाजिर भएका डिआईजी केसीलाई प्रहरी वरिष्ठ उपरिक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077