Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाको नगरसभा सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा आज सम्पन्न भएको छ।

गत बुधबार स्थगित गरिएको नगर सभा आज भएको हो । सभा कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बसिएको थियो।

प्रस्तावित संसोधनलाई आधार मानी काठमाडौं महानगरपालिका विनियोजन ऐन २०८० संसोधन गर्ने विधेयक समेत काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पेश गरेकी थिइन्।

राजस्व २४ अर्ब चार करोठ ५४ लाख मध्ये पुस २६ गतेसम्म ४ अर्ब २७ करोड ४१ लाख खर्च भएको उपमेयर डंगोलले बताएकी थिइन्। जुन बिनियोजित बजेटको १७ दशमलव ७८ प्रतिशत हो।

नगर सभामा काठमाडौं महानगरपालिका विनियोजन ऐन २०८० पहिलो संशोधन, चालु आर्थिक वर्ष ०८०र०८१ मा कार्यक्रम तथा बजेटमा संशोधन प्रस्ताव, आर्थिक ऐन, सञ्चार तथा सूचना ऐन, जनप्रतिनिधि सुविधा ऐन २०७९ पहिलो संशोधन विधेयक प्रस्तुत गरिएको थियो।

नगर सभाको १४ औं अधिवेशनको दोस्रो बैठक राष्ट्रिय सभा गृहमा बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077