Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दियामा भ्यानको ठक्करबाट एकको मृत्यु

बर्दिया । बर्दियामा यात्रुवाहक भ्यानको ठक्करबाट एक जना साइकल यात्रुको ज्यान गएको छ ।

मधुवन नगरपालिकाको बेलवा चोक हुँदै भुरीगाउँ तर्फ गइरहेको भे १ ज १३८६ नम्बरको म्याजिक भ्यानको ठक्करबाट सोही ठाउँका करिब ४० वर्षीय रामबहादुर थारुको मृत्यु भएको हो ।

शुक्रबार भ्यानको ठक्करबाट गम्भीर घाइते भएका थारुलाई उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीले भ्यान र चालक प्रतिक थारुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077