Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहुबिवाह मुद्दामा फरार रहेकी संगीता पक्राउ

झापा । प्रहरीले बहुबिवाह मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार झापाको हल्दीबारी गाउँपालिका २ घर भई हाल भद्रपुर नगरपालिका ७ बस्ने २६ वर्षीय संगीता पुरीलाई पक्राउ गरेको हो ।

पुरीमाथि २०८० जेठ ४ गते जिल्ला अदालत झापाले बहुबिवाह मुद्दामा २ वर्ष कैद, २० हजार जरिवाना र ८ सय क्षतिपूर्ति शुल्कको फैसला गरेको थियो ।

सो फैसलालगत्तै फरार रहेकी उनलाई प्रहरीले ७ महिनापछि बिहीबार पक्राउ गरेको हो । उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार झापा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077