Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोटेश्‍वरबाट पाँच जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरस्थित सुब्बा गेष्‍ट हाउसबाट जुवातास खेलिरहेको अवस्थामा खोटाङ साकेला नगरपालिका १ घर भएका २५ वर्षीय प्रकाश रोक्का लगायत पाँचजना पक्राउ परेका हुन् ।

प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ७ सय ८५ रूपैयाँ र दुई बुक तासहित पेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077