पोखरा । कानको मुन्द्रा र घरमा राखेको खुत्रुकेको पैसा चोरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा ४, गणेशटोल बस्ने ३४ वर्षीय टीका श्रेष्ठ छिन् । पोखरामा ६ वर्षीय एक बालिकालाई ललाइफकाइ गरेर उनको
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार श्रेष्ठले पुस २० गते पोखरा महानगर १२, शीतलादेवीमा एक ६ वर्षीय बालिकाको सुनको मुन्द्रा तथा खुत्रुकेमा रहेको २ हजार २४० रुपैयाँ चोरी गरेकी थिइन् ।
चोरी पश्चात उनी फरार थिइन् । श्रेष्ठलाई चोरी गरेको २ थान मुन्द्रा र रकमसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालबालिका तथा महिलालाई ललाइफकाइ ठगेको आरोपमा उनले यसअघि पटके कारबाही भोगिसकेकी छिन् । उनीमाथि चोरी तथा डाँकासम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरेर प्रहरी अनुसन्धान थालेको छ ।
Leave a Reply