Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बटिमरबीच शिष्टाचार भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बटिमरबीच भेटवार्ता भएको छ ।

आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बटिमरले आज राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्।

राष्ट्रपति भवनमा भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास रहेको र यसले नै लोकतन्त्र, समावेशीकरण र सङ्घीयतालाई संस्थागत गर्नमा योगदान दिनेछ भन्नेमा नेपाली जनताको विश्वास रहेको बताए।

नेपाल र आयरल्यान्डबिच रहेको सौहार्द्रपूर्ण सम्बन्धलाई थप बलियो बनाउँदै आगामी दिनहरूमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रका आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने आवश्यकतामा पौडेलले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077