धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेका नारायण दत्त भट्ट र बलदेब बोहराले उम्मेदवारी दर्ता गराएका हुन्।
अल्पसंख्यक तथा अपांगतातर्फ कांग्रेसका भट्ट , अन्यतर्फ बोहरा र महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।
चन्दको समर्थकमा उद्योग राज्यमन्त्री गीता माला र प्रस्तावकमा प्रदेश सभा सदस्य जानकी देवी कुवर रहेका छन्।
चन्द पूर्वसंविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् ।
गठबन्धनले सुदूरपश्चिममा कांग्रेसलाई अपांग र अन्यमा गरी २ सीट र नेकपा माओवादीलाई महिला कोटाको १ सिट दिने निर्णय गरेको थियो।
Leave a Reply