Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमतीमा एमालेका ४ उम्मेदवारले दर्ता गरे उम्मेदवारी

हेटौंडा । राष्ट्रियसभा सदस्य बागमती प्रदेशका चार पदका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

एमाले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका हुन्।

चौलागाईंले महिला कोटाबाट मनोनयन दर्ता गरेकी छन् भने देवकोटाले अपाङ्ग, विश्वकर्माले दलित र पौडेलले अन्य क्लस्टरमा उम्मेदवारी दिएका छन्।

निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराउन एमालेका नेता तथा कार्यकर्ता पुगेका थिए ।

चार जनामध्ये सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077